नियम १४
सामाजिक सुरक्षा कार्यक्रम (स्किम) सम्बन्धी व्यवस्था

१४. सामाजिक सुरक्षा कार्यक्रम (स्किम) सम्बन्धी व्यवस्था

(१) कोषले योगदानकर्ताहरुको लागि देहायको सबै वा कुनै सामाजिक सुरक्षा कार्यक्रम (स्किम) सञ्चालन गर्न वा गराउन सक्नेछः–

(क) बेरोजगारी बीमा योजना,
(ख) रोजगारीमा घाइते वा दुर्घटना बीमा योजना,
(ग) बिरामी बीमा योजना,
(घ) प्रसुति बीमा योजना,
(ङ) आश्रित बीमा योजना,
(च) अशक्तता बीमा योजना,
(छ) बृद्धावस्था बीमा योजना,
(ज) औषधोपचार बीमा (मेडिकल इन्सुरेन्स) योजना,
(झ) पारिवारिक बीमा योजना ।

(२) कोषले योगदानकर्ताहरुलाई उपनियम (१) बमोजिमका सामाजिक सुरक्षा कार्यक्रम चरणबद्ध रुपमा सञ्चालन गर्न सक्नेछ ।
(३) कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा गर्नेछ ।